शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियासँग घरमै हार्यो भारत

बिहीबार, ३० फागुन २०७५, ०९ : ४५
बिहीबार, ३० फागुन २०७५

भारतसँगको पाँच खेलको एकदिवसीय शृङ्खला पाहुना टोली अष्ट्रेलियाले ३–२ ले जितेको छ ।

दिल्लीमा बुधबार रातीसम्पन्न अन्तिम तथा पाँचौ खेलमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज जितेको हो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको दुई सय ७३ रनको लक्ष्य पक्ष्याएको भारत ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ३७ रनमा समेटिएको थियो ।

भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । भुवनेश्वर कुमारले ४६, केदार जाधवले ४४, कप्तान विराट कोहलीले २०, ऋषभ पन्त र विजय शंकरले समान १६÷१६ तथा शिखर धवनले १२ रन बनाए । बलिङमा अष्ट्रेलियाका एडम जम्पाले तीन विकेट लिए । प्याट कमिन्स, झेय रिचड्सन र मार्कस स्टोइनिसले दुई दुई तथा नाथन लायनले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले एक सय रन बनाए । पिटर हेन्डस्कम्वले ५२, झेय रिचड्सनले २९, कप्तान आरोन फिन्च २७, मार्कस स्टोइनिस र एस्टन टर्नरले समान २०÷२० रन तथा प्याट कमिन्सले १५ रन बनाए । बलिङमा भारतका भुवनेश्वकर कुमारले तीन, रविन्द्र जडेजा र महोम्मद शामीले समान दुई दुई तथा कुलदिप यादवले एक विकेट लिए ।

सुरुमा दुई खेल हारेको अष्ट्रेलियाले अन्तिम तीन खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरीज जित्न सफल भयो । यस जितसँगै अष्ट्रेलियाको १५ महिनासम्म वानडे सिरीजमा हारको श्रृङ्खला तोडिएको छ । अष्ट्रेलियाले यसअघि टी–२० सिरिज पनि जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप