शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नमाथि लिभरपुलको शान

बिहीबार, ३० फागुन २०७५, ०९ : ५९
बिहीबार, ३० फागुन २०७५

जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई उसैको मैदानमा ३–१ गोलले स्तब्ध बनाउँदै इङ्लिस टोली लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत यसअघि लिभरपुलको घरेलु मैदानमा भएको अन्तिम १६ को पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

बुधबार राति बायर्नलाई घरेलु मैदानमा हार चखाउन लिभरपुलका साडियो मानेले दुई गोल गरेका थिए । २६ औँ मिनेटमा पहिलो गोल गरेका मानेले ८४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए ।

लिभरपुलका लागि अर्को गोल ६९ औँ मिनेटमा भिर्जिल भान जिकले गरेका थिए । यसअघि ३९ औँ मिनेटमा लिभरपुलका जोल माटिपबाट एक आत्मघाति गोल भएको थियो ।

यस जितसँगै लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

बायर्न भने सन् २०१० र ११ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

लिभरपुल यो सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने चौथो इङ्लिस क्लब पनि बनेको छ । यसअघि इङ्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोट्टनहामले क्वार्टरफाइनलमा स्थान बनाई सकेका छन् ।

स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब युभेन्टस, डच क्लब अजाक्स र पोर्चुगिज क्लब एफसी पोर्तो पनि क्वार्टरफाइनलमा पुगेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल तालिका सुक्रबार राति सार्वजनिक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप