शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाँडी प्रहरीः अप्रेसन ‘एक टोल एक घण्टा’

बिहीबार, ३० फागुन २०७५, १२ : ३७
बिहीबार, ३० फागुन २०७५

काठमाडौं– चितवनको टाँडी इलाकामा प्रहरीले अप्रेशन ‘एक टोल एक घण्टा’ अभियान सञ्चालन गरेर एक लाख ७ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) दयानिधि ज्ञवालीको नेतृत्वमा फागुन २३ गतेदेखि शुरु भएको अप्रेसन ‘एक टोल एक घण्टा’ अभियानका क्रममा ठुलो परिणाममा घरेलु मदिरा नष्ट गरिएको बताइएको छ ।

टाँडी क्षेत्रका हरेक टोलमा एक घण्टा सर्च अप्रेसन चलाउँदा मदिरा नियन्त्रण सँगै अवैध नदिजन्य पदार्थ ओसार–पसारमा संलग्न एक दर्जन ट्रिपर तथा ट्रयाक्टरहरुलाई कारवाही गरिएको डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

अप्रेसन ‘एक टोल एक घण्टा’ अभियानका क्रममा पूर्वी चितवनको कालिका, रत्ननगर, खैरहनी र राप्ति नगरपालिकाका विभिन्न टोलहरुमा सर्च अप्रेसन गरिएको थियो ।

‘अभियानको क्रममा हामीले अहिलेसम्मकै ठुलो परिणाममा अवैध मदिरा नष्ट गर्न सफल भएका छौं’ डिएसपी ज्ञवालीले भने, ‘पूर्वी चितवनका विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएर कानुनी दायारामा ल्याएका छौं ।’

टाँडी प्रहरीले राप्ती नगरपालिका–३ झुरझुरेका किरण गुरुङलाई घरेलु हातहतियार सहित पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

अभियानको क्रममा प्रहरीले १ सय ४२ वटा सवारी साधनलाई कारवाही गरेको छ ।

चितवन प्रहरीले चलाएको थ्रि–एस अपरेशन अन्र्गत पूर्वी चितवनको एक हप्ते अभियान सञ्चालन गरेको जानकारी दिँदै चितवनका एसपी सुशीलसिंह राठौरले अभियानलाई निरन्तरता दिने बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप