बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भावुक हुँदै प्रचण्डले भने –मलाई मार्ने षड्यन्त्र गरियो

बिहीबार, ३० फागुन २०७५, १५ : ४३
बिहीबार, ३० फागुन २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । 

वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विप्लवको पार्टीलाई हिजो सँगै लडेका आफ्नै साथीहरुको सरकार रहेको हेक्का राख्न सुझाव पनि दिएका छन् । ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियाे, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनको भनाइ थियो । प्रचण्डले कसैले चाहेर पनि केही भैहाल्ने अवस्था नरहेको बताए । ‘म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइँन, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए’ उनले भने । 

उनले प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रममात्र बताए । ‘त्यो भ्रमले कहिँ पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिईराखेको छु’ प्रचण्डले अगाडि भने,‘ हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत भएको मलाई सूचना आएको छ ।’ 

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे । प्रचण्डले दशवर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण संघर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको पनि बताए । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्ने र वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाए । 

सोही कार्यक्रमा नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको बताएका छन् । 

सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । उनले कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेको बताए । जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशातिर जान सहयोग गर्ने भन्दै भट्टराईले केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको तर क्रान्तिको आवश्यकता नरहेको ठोकुवा गरे ।

जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग रहेको भन्दै उनले क्रान्तिका उकालीओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप