न्युयोर्कमा राष्ट्रपति भण्डारीसँग ईन्जाको भेट
न्युयोर्क । राष्ट्रपति विध्यादेवी भण्डारीसँग अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ(ईन्जा )को एक प्रतिनिधिमण्डलले भेटी डायस्पोरा संचारका अवसर, चुनौति र ईन्जाले गर्न सक्ने कामहरुका बारेमा जानकारी गरायो ।
राष्ट्रपति संयुक्त राष्ट्र संघको “शक्तिमा महिला” विषयक उच्च स्तरीय कार्यक्रममा भाग लिन अमेरिका भ्रमणमा आउनु भएको थियो । ईञ्जाले गत मार्च १३ का दिन उक्त पत्र संस्थाका अध्यक्ष गुणराज लुइँटेलको नेतृत्वमा ईञ्जाका संचार निर्देशक तथा ईनेप्लिजका सम्पादक विजय थापा ,स्वतन्त्र संचारकर्मी तथा ईनेप्लिज कि आवासीय सम्पादक सच्ची मैनाली तथा ईञ्जा कार्यकारी समिति सदस्य तारा भट्टराई सहित राष्ट्रपति समक्ष भेटघाट गरि बुझाएको थियो ।
अध्यक्ष लुइँटेलले डायस्पोरा संचारको अवस्था ,अवसर, चुनौति र ईन्जाले गर्न सक्ने कामहरुका बारेमा प्रकाश पर्दै १३ बुदे सुझाव तथा प्रतिबद्धताहरु राष्ट्रपतिलाई बुझाएको हो ।
प्रतिनिधि मण्डलले राष्ट्रपति भण्डारीलाई नेपालकै ईतिहास मै पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकोमा गौरव महसुस भएको बताउँदै नेपालमा राष्ट्रिय स्तरमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको तथा स्थानीय स्तरमा ४१ प्रतिसत प्रतिनिधित्व जस्ता उपलब्धिहरुका बारेमा प्रसंसा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो