शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वीजरल्याण्डबाट सुजन पुनलाई आर्थिक सहयोग

बिहीबार, ३० फागुन २०७५, २० : १३
बिहीबार, ३० फागुन २०७५

लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आएका दल बहादुर पुनले विगत दुई वर्षदेखि क्यान्सर रोगले पीडितभै उपचार गराई रहेका सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन् ।

 उनले  स्विजरल्याण्डमा बस्ने नेपालीहरुबाट आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ वर्षीय सुजन पुनको उपचारका लागि  रु ३ लाख २३ हजार नेपाली रुपैयाँ जुटाएका हुन् । 

उक्त रकम दल बहादुर पुनकी बैनी माया पुन मार्फत बिरामीका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गरिएको छ । 

 पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप