शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी र आर्सनल क्वार्टरफाइनलमा

शुक्रबार, ०१ चैत २०७५, ०८ : ४०
शुक्रबार, ०१ चैत २०७५

एजेन्सी – इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । बिहिबार राति भएको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीले युक्रेनी प्रतिद्वन्द्वी डाइनामो किभलाई उसैको मैदानमा ५–० गोलले हरायो । आर्सनलले घरेलु मैदानमा फ्रान्सेली प्रतिद्वन्द्वी रेन्सलाई ३–० गोलले स्तब्ध बनायो ।

दोस्रो लेगको नतिजापछि चेल्सी समग्रमा ८–० गोलले विजयी भयो । यसअघि पहिलो लेगमा चेल्सी ३–० गोलले विजयी भएको थियो । दोस्रो लेगमा चेल्सीलाई जिताउन ओलिभर गिरोडले ह्याट्रिक गरे । पाँचौं मिनेटमै पहिलो गोल गरेका गिरोडले ३३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए । ४५औ. मिनेटमा मार्कोस एलोन्सोले चेल्सीका लागि तेस्रो गोल थपेका थिए । ५९औं मिनेटमा गिरोडले ह्याट्रिक पुरा गरे । ७८औं मिनेटमा चेल्सीका लागि कलुम हड्सन ओडोईले पाँचौं गोल थपेका थिए ।

यसैगरी आर्सनल समग्रमा ४–३ गोलको नतिजा निकाल्दै क्वार्टरफायनलमा पुगेको हो । यसअघि रेन्सको मैदानमा खेलिएको पहिलो लेगमा भने आर्सनल ३–१ गोलले पराजित भएको थियो । दोस्रो लेग खेलमा आर्सनलका लागि पियरे एमरिक अउबामेयाङले दुई गोलको गरे । अर्को गोल माइटल्यान्ड निल्सले थपेका थिए ।

यसैगरी बिहिबार रातिनै भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलान उपाधि बाहिरिएको छ । इन्टर मिलान दोस्रो लेगमा जर्मन क्लब इनट्राक्ट फ्राँकफर्टसँग १)० गोलले पराजित भयो । यसअघि फ्राँकफर्टको घरेलु मैदानमा खेलिएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

अर्को इटालियन सिरिए क्लब नापोलीले भने क्वार्टरफाइनलमा स्थान बनाएको छ । नापोली अस्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग उसैको मैदानमा ३–१ गोलले पराजित भएर पनि क्वार्टरफाइनलमा पुगेको हो । पहिलो लेगमा नापोलीले साल्जबर्गलाई ३–० गोलले हराएको थियो । त्यसैले नापोली समग्रमा ४–३ गोलले विजयी भयो ।

यसैगरी बिहिबार राती भएको अन्य खेलमा सफलता हात पार्दै स्पेनिस ला लिगा क्लब भ्यालेन्सिया र भिल्लारियल, चेक गणतन्त्रको साल्भिया पाराग्वे र पोर्चुगिज क्लब बेनफिका पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप