शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाकाे मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन [फोटोफिचर]

शुक्रबार, ०१ चैत २०७५, ०९ : ४०
शुक्रबार, ०१ चैत २०७५

राप्रपाले गत फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंमा समापन हुने भएकाे छ । पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेकाे थियाे । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेकाे थियाे । 

र्‍यालीमा करिब साढे एक सय सभा गरेको राप्रपाले शुक्रबार काठमाडौंमा अन्तिम सभा गरी समापन गर्न लागेको हो । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्वमा सुरू भएको र्‍यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाएको थियो । राप्रपाले उपत्याकामा ललितपुरको जाउलाखेलबाट र्‍याली सुरू गरी तिनै सहरको परिक्रमा गर्दै सभा बिर्सजन गर्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप