बाबुको मृत्युको दुई महिना नबित्दै छोराद्वारा ओमनमा आत्महत्या
गुल्मीे राताडाँडाका रायमाझी परिवारमा शोकमाथि शोक परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी (निराजन ) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका छन् ।
वैदेशिक रोजगारका क्रममा ओमनको राजधानी मस्कटको दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनीहरुको पुर्खेयौली घर मुसिकोट नगरपालिका–३ पेंगा हो ।
वडाका वडाध्यक्ष कर्णध्वज जिसीले दुई महिना अघि मात्र उनका बाबु देवबहादुर रायमाझीको हृदयघातबाट मृत्यु भएको र यस अन्तरालमा छोराले पनि आत्महत्या गरेपछि रायमाझी परिवार मात्र नभई सिंगो पेगा गाउँ र रातडाँडावासी शोकाकुल भएको बताए ।
वडाध्यक्ष जिसीका अनुसार मृतकका दुई छोरा, श्रीमती आमा तीन दाजुभाई र दिदी बहिनीहरु रहेका छन ।
मृतकको शव ओमनस्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै उक्त शव नेपाल पठाउने तयारी गरिरहेको ओमन स्थित एनआरएनका सचिव डिबी क्षेत्रीले जानकारी दिए । नीरबहादुर गत आठ वर्षदेखि ओमनमा कार्यरत थिए ।
आत्महत्याको कारण खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै