शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घोराहीको होटलमा एक युवा मृत फेला

शुक्रबार, ०१ चैत २०७५, १० : ३१
शुक्रबार, ०१ चैत २०७५

शुक्रबार विहान दाङ घोराहीको एक होटलमा एक जना युवा मृत फेला परेका छन् ।

घोराही उप–महानगरपालिका–१५ मिलनचोकस्थित रोल्पाली ममता होटलको कोठामा रोल्पा रुम्टीगढी गाउँपालिका–१ , धनाचौरका ३४ वर्षीय सूर्य बाँठ मृत फेला परेका हुन् ।

दाङका प्रहरी प्रमुख एसपी वेल पाण्डेका अनुसार हिजो राती त्यस होटलमा बसेका बाँठ आज विहान अबेरसम्म नउठेपछि होटल सञ्चालकले ढोका फोरेर हर्दा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘हामी अहिले विहान पुगेर शव पोष्मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पुर्याएर आएका छौँ, एसपी पाण्डेले भने –‘पोष्टमार्टम रिपोर्ट आए लगत्तै  घटनाको अनुसन्धान अगाडी बढाइने छ ।’

उनी घोराहीमा अटोरिक्सा चलाउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप