बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजील्याण्ड गोलीकाण्ड : गोलीबारी हुँदा सोही मस्जिदतर्फ जार्दै थियो बंग्लादेशको राष्ट्रिय क्रिकेट टोली, अन्तिम टेस्ट रद्द

शुक्रबार, ०१ चैत २०७५, १२ : १६
शुक्रबार, ०१ चैत २०७५

एजेन्सी । न्यूजील्याण्डमा आज भएको क्रुर गोलीबारीमा कयैनको हताहती भएको रिपोर्टहरु आइरहेका छन् ।

गोलीबारीको समयमा बंग्लादेशको राष्ट्रिय क्रिकेट टोली सोही मस्जिदतर्फ जार्दै थियो । उनीहरु थोरैले मात्र गोलीबारीबाट उम्केको खबर आएको छ ।

बंग्लादेशको राष्ट्रिय क्रिकेट टोली क्रिकेट टुरको क्रममा न्यूजील्याण्डमा छ । शुक्रबारको दिन हुने मुलसमानहरुको प्रर्थनाको लागि टोली मस्जिदतर्फ जादैं थिथो ।

तर बाटोमा गोलीबारीको समाचार आएपछि उनीहरुलाई नजिकको हेग्ले ओभलमा लगिएको थियो ।

हाल उनीहरुलाई टिमको लागि रिजर्भ गरिएको होटलमा राखिएको छ ।

शनिवार न्यूजील्याण्ड र बंग्लादेशबीच क्रिकेट खेलको समय तालिका पहिले सार्वजनिक गरिएको थियो । निरसंश गोलिबारीको घटनापछि हाल खेल रद्द गरिएको छ ।

क्राइस्ट–चर्च सहरका दुई मस्जिदम श्वेत उग्र–दक्षिणपन्थीहरुको हमलापछि यो कदम उठाइएको हो । गोलीबारेमा ‘बहुसंख्यकको हताहती’ भएको प्रहरीले बताएको छ ।

आक्रमणलाई न्यूजील्याण्डको प्रधानमन्त्री जेसिण्डा आरडेनले ‘न्यूजील्याण्डको इतिहासकै सबैभन्दा कालो दिन’ बताएकी छिन् ।

गोलीबारीको संकेत पाएपछि क्रिकेट टिम चढेको गाडीलाई रोकेर खेलाडिहरु गाडी बाहिर नजान निर्देशन दिइएको थियो । गाडीमा केही मिनेट रहेपछि उनीहरु हेग्ले पार्क हुँदै मैदानमा गए र त्यहाँबाट उनीहरुलाई टोली बसेको होटलमा फर्काइएको थियो ।

टोलीलाई पछ्यारहेका एक रिपोर्टरले यसको पुष्टि गर्दै ट्वीट गरेका छन् । “बंग्लादेश क्रिकेट टाली हेग्ले पार्क नजिक रहेको र सक्रिय बन्दुकधारीहरु रहेको मस्जिदबाट उम्केका छन् । ”

टोलीका एक सदस्य खेलाडी तमिम इक्बालले ट्वीट गर्दै लेखेका छन् ,“पूरा टोली सक्रिय बन्धुकधारीहरुबाट बचेको छ ।”

त्यस्तै बंग्लादेश क्रिकेट बोर्डको प्रवक्ता जलाल यूनुसले अधिकाशं टोली बसम मस्जिद गएको र घटना हुदाँ मस्जिद पस्ने तयारी गरिरहेको बताएका छन् ।

“उनीहरु सुरक्षित छन् । तर उनीहरुलाई मानसिक रुपमा आघात परेको छ । हामीहरुले टोलीलाई होटलभित्रै बस्न भनेका छौँ,” यूनुसले एफपी समाचार एजेन्सीलाई भने ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप