बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डेभिड बेकह्याम पहिलो पटक आफ्नो प्रतिमा हेर्न गए, नक्कली प्रतिमा राखेको थियो भनेर पत्तो थिएन (भिडियो)

शुक्रबार, ०१ चैत २०७५, १३ : १४
शुक्रबार, ०१ चैत २०७५

लस एन्जलस ग्यालेक्सीले आफ्नो चर्चित पूर्व खेलाडी डेभिड बेकह्यामको प्रतिमालाई स्टेडियमबाहिर राखेर सम्मान गर्ने योजना बनाइरहेका बेला जेम्स कोर्डन र उनको समूहले डेभिडमाथि प्र्याङ्क गर्ने सोच बनाए । यसै योजना अनुरुप उनीहरुले डेभिडलाई रिस उठाउने प्रशंसक, खेलको क्रममा विफल भएका हाइलाइट्स र जसरी हेरेपनि उनीजस्तो नदेखिने प्रतिमा बनाए ।

उनीमाथि प्र्याङ्क गरिएको होला भनेर उनले सोच्दै सोचेनन् । क्लबले अनलाईन सेयर गर्नका लागि उनको भिडियो रेकर्ड गरिरहेको हुनसक्ने उनले अनुमान गरे । उनलाई सिलसिलाबद्ध तरिकाले रिस उठाउने योजना भने विफल भयो किनभने उनले निकै कुल भएर स्थितीको सामना गरे ।

उनलाई रिस उठाउनका लागि कोडेनले प्रशंसकको रुपमा एक व्यक्तिलाई पठाए । उनले डेभिडलाई ‘डेभ’ भनेर बोलाइरहे, जुन उनलाई मन पर्दैनथ्यो र उनले उनको समूहको नाम पनि गलत उच्चारण गरे ।

एलए ग्यालेक्सीका अध्यक्ष क्रिस क्लेनले डेभिडको करियरको हाइलाइट्स भन्दै मिस्ड गोल, झगडा र रातो कार्ड पाएका भिडियो देखाए ।

सबै मानिसहरुले एक हदसम्म मात्र रिस नियन्त्रण गर्न सक्छ । डेभिडको पनि रिसको सीमा त्यतिबेला नाघ्यो जब उनको प्रतिमा अनावरण गरियो । राक्षसका जस्ता आँखा, निकै लामो चिउँडो र अत्यधिक लामो पाखुराले उनको रगत तात्यो ।

प्र्याङ्क भिडियो यहाँ हेर्न सक्नुहुन्छः

पछिल्ला वर्षमा क्रिस्टियानो रोनाल्डो, ब्रान्डी च्यास्टेन र मोहम्मद सलाहजस्ता चर्चित फुटबल स्टारका प्रतिमा खासै प्रभावित तुल्याउने किसिमका छैनन् । उनीहरुको प्रतिमा फेसबुकमा मेमे बने त्यसकारण बेकहम आफ्नो प्रतिमा कस्तो होला भनेर केही हदसम्म डराएका थिए । तर अन्त्यमा उनी आफ्नो प्रतिमा देखेर खुसी भए ।

‘हिजो मेरो लागि निकै राम्रो दिन थियो,’ उनले इन्स्टाग्राममा लेखे । ‘एलए ग्यालेक्सीमा परिवार, आफन्त, टिम र प्रशंसकसँग समय बिताउन पाउँदा म निकै उत्साहित छु । म सबैभन्दा धन्यवाद भन्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप