बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको तारकेश्वरमा तरकारी बजार निर्माण हुँदै

शुक्रबार, ०१ चैत २०७५, १५ : १४
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा तरकारी बजार निर्मण हुने भएको छ । कृषि पूर्वाधार तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र र तार्केश्वर नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको तरकारी बजारको शुक्रबार पशुपन्छी तथा विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले शिलान्यास गरेका छन् । 

तरकारी बजारको शिलान्यास गर्दै मन्त्री खनालले काठमाडौंको जनसंख्या १० लाख हुँदा बनाएको कालिमाटी तरकारी बजार अहिले ५० लाखभन्दा बढी जनसंख्या हुदा पनि त्यसैलाई केन्द्रीय बजार भन्ने अवस्था अन्त्य गर्नाका लागि त्यसको विकल्प खोजिएको बताए । 

‘संघीयता पछि पनि काठमाडौको जनसंख्या घटेको छैन , बरु बढेको छ त्यसैले  तरकारी बजारको विकल्प चाहिएको हो’ मन्त्री खनालले भने, ‘अब देशभर  ५० वटाभन्दा बढी बजार बनाउँदैछौ ।’  कृषि मन्त्रालयले १२ करोडमा विराटनगरमा पनि तरकारी बजार निर्माण गरिरहेको छ ।

मन्त्रि खनालका अनुसार काठमाडौंमा तरकारी बजार निर्माणका लागी १२ करोड विनियोजन गरिएको छ । तारकेश्वरमा शिलान्यास गरिएको तरकारी बजारलाई तिब्रताका साथ पुरा गर्न निर्देशन दिँदै मन्त्री खनालले रकमको अभाव हुन नदिने दाबी गरेका छन् । 

काठमाडौ प्रवेश गर्ने ५ नाकामा तरकारी बजार निर्माण गर्ने मन्त्रालयको योजनाअनुसार निर्माण हुना लागेको यो दोस्रो बजार हो । यसअघि काठमाडौंको चोभारमा तरकारी बजार निर्माण भइरहेको छ । 

तारकेश्वरमा शिलान्यास गरिएको तरकारी बजार कालिमाटीको फलफुल तथा तरकारी बजार पछिको ठूलो तरकारी बजार हुने कृषि पुर्वाधार तथा कृषि यान्त्रीकिकरण केन्द्रले जनाएको छ । उक्त तरकारी बजार १६ रोपनी १५ आनामा बजार निर्माण हुन लागेको हो । तारकेश्वर तरकारी बजारको निर्माण कार्य ३ बर्षमा सक्ने केन्द्रका प्रमुख राजेन्द्र मिश्रले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप