बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ मह जोडीको फिल्म दालभात तरकारीको नयाँ गीत

शुक्रबार, ०१ चैत २०७५, १५ : ३४
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं – फिल्म ‘दालभात तरकारी’ को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ‘दालभात तरकारी’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो । लोक शैलीमा तयार भएको गीतमा हरिबंश आचार्यको शब्द तथा शम्भुजित बास्कोटाको संगीत छ । स्वर भने राजेशपायल राई र स्मिता दाहालले दिएका छन् ।

प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्माको अभिनय देख्न सकिन्छ ।  कथा लेखन हरिवंश आर्चायको रहेको फिल्म महसञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक सुदन केसी रहेका छन् । 

रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरि पौडेल, यमन श्रेष्ठ निर्माता रहेको फिल्ममा दिर्घ गुरुङको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

फिल्ममा निरुता सिंह र हरिवंश आचार्य, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत  कलाकारहरुको अभिनय देख्न सकिन्छ । फिल्म वैशाख २० गतेदेखि रिलिज हुँदैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप