बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३ सय करोडको फिल्ममा अजय देवगन र आलिया

शुक्रबार, ०१ चैत २०७५, १५ : ४५
शुक्रबार, ०१ चैत २०७५

मुम्बई–केही पहिले समाचार आएको थियो । बलिउडका सिंघम अर्थात अजय देवगन ‘वाहुवली’का निर्देशक एसएस राजमौलीको एक महत्वकांक्षी फिल्म ‘आरआरआर’ सँग जोडिएका छन् । अहिले यो फिल्ममा अभिनेत्री आलिया भट्ट पनि जोडिएकी छन् । 

आलियाले केही पहिले एक अन्तवार्तामा भनेकी थिइन्, ‘प्रशंसित निर्देशक तथा दक्षिण भारतीय सुपरस्टार रामचरण र जुनियर एनटीआरका साथ काम गर्न उत्साहित छु ।’  ‘राजमौली सरसँग काम गर्न पाउनु मेरा लागि एक ठुलो सपना पुरा भए सरह हो’ आलियाले अगाडि भनेकी छन् ‘राम चरण र एनटीआरसँग काम गर्ने अवसर अर्काे एक सम्मान पनि हो ।’

‘आरआरआर’ फिल्मको कथा १९२० को पृष्ठभूमिकामा आधारित रहेको छ । फिल्मको छायाँकन छिट्टै सुरु हुँदैछ । एक महिनाभित्र आफुले फिल्मको काम सुरु गर्ने आलियाले बताएकी छन् । फिल्ममा आलियाले सिताको भूमिका निर्वाह गर्ने चर्चा छ । 

अजय देवगन भने फिल्ममा एक महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन् । ३० जुलाई २०२० रिलिज मिति तोकिएको फिल्म दुई स्वतन्त्र शेनानीको कथामा आधारित रहनेछ । फिल्म हिन्दी,तमिल,तेलगु,मलयालम र अन्य केही भाषामा समेत रिलिज हुनेछ । 

अहिले पोष्टप्रोडक्स कार्य सुरु भएको ‘आरआरआर’ निर्माणका लागि ३०० करोड बढी बजेट छुट्याइएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप