शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा नेपालले फोरम नेपाललाई पठायो जवाफ

शुक्रबार, ०१ चैत २०७५, १८ : १६
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरम नेपाललाई जवाफ पठाएको छ । फोरम नेपालले एक महिनाअघि वार्ताका लागि आह्वान गर्दै राजपा नेपाललाई पत्र पठाएको थिया । सोही पत्रको जवाफ राजपा नेपालले आज पठाएको छ ।

तीन दिनसम्म ह्यात होटलमा चलेको राजपा नेपालको बैठकले फोरम नेपालसँग एकताका लागि छलफल गर्ने निर्णय गरेको छ र सोही निर्णयअनुसार पत्र पठाएको राजपा नेपाल स्रोतले जनाएको छ । फोरम नेपाललगायत विभिन्न दलसँग एकता तथा सहकार्यका लागि छलफल गर्ने जिम्मेवारी राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई दिएको छ ।

त्यस्तै, स्थानीय तह परिचालनको जिम्मेवारी अध्यक्षमण्डलका सदस्य अनिलकुमार झालाई दिएको छ भने प्रशिक्षणको जिम्मेवारी अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवलाई दिएको छ । दुई नम्बर प्रदेशको सरकार सञ्चालनको विषयमा छलफल गर्ने जिम्मेवारी अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवलाई दिएको स्रोतले जनाएको छ ।

यसैबीच, प्रदेश २ को सरकार सञ्चालन बारे टिकाटिप्पणीहरु शुरु भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल राजपा नेपालका अध्यक्षमण्डलसँग आज छलफल गरेका छन् । मुख्यमन्त्री राउत र सोनल राजपा नेपालको कार्यालयमा नै गएर सो छलफल गरेको पार्टी स्रोतले जनाएका छ । यसअघि यस्तै छलफल फोरम नेपालसँग पनि गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप