शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जलविद्युत आयोजना निर्माणमा स्थानीयका समस्या पहिलो प्राथमिकतामा रहन्छन् : मन्त्री पुन

शुक्रबार, ०१ चैत २०७५, १८ : ३३
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन् । 

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसँगको छलफलमा उनले प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुग्ने गरि निर्माण कार्य गर्न सचेत गराएका हुन् । उनले पर्यटकीय उच्च सम्भावना बोकेको मुलुक भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । 

लगानीकर्ता, स्थानीय र सरकारी निकायबीचको आवश्यक समन्वयन हुन नसक्दा अन्तर्राष्ट्रिय जगतमा नेपालमा लगानी मैत्री वातावरण छैन भन्ने सन्देश पुग्ने गरेको भन्दै उनले सरोकारित निकायबीच समन्वय र छलफल गरि समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । उनले आयोजना निर्माणमा देखिने समस्याको दीर्घकालीन सम्बोधनका लागि सरकारले पनि आवश्यक नीतिगत सुधार गर्दै लैजाने विश्वास दिलाए । 

उनले कृषिमा आत्मनिर्भरता र बाह्ैमासे सिञ्चाईको अवधारणासहित सुरु भएका सिंचाई आयोजनाहरुमा प्रदेशसरकारसँगको समन्वयमा केही समस्या देखिएको उल्लेख गरे ।

आयोजना निर्माणमा देखिएको समस्या र सम्बोधनका विकल्पबारे मन्त्री पुनले २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसँग मन्त्रालयमा छलफल गरेका हुन् । प्रबद्र्धकहरुले आयोजना निर्माणको क्रममा जग्गा प्राप्ती, वन क्षेत्र र बाटोको एकाधिकारबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए । छलफलमा १७ वटा आयोजनाका प्रबद्र्धक सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप