बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैशाख २८ गते ‘एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप’ हुँदै, एक्सन स्पोर्टसबाट प्रत्यक्ष हेर्न सकिने

शुक्रबार, ०१ चैत २०७५, १८ : ५१
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– नेपाल रिङ रेस्लिङ संघले आउँदो २०७५ साल बैशाख २८ गते शनिवारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।

नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा वान वेल्ट वान रोड चीनद्वारा प्रायोजित एक योजना भएको रेस्लिङ संघले जनाएको छ ।

संघले पत्रकार सम्मेलन गरी पुरानो सिल्क रोडको आधारमा एसिया, अफ्रिका र युरोपका देशका सडक र रेलमार्गसँग जोडिने यो योजनाले समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान दिने देखिएकाले अभियानकै नाममा प्रतियोगिता आयोजना गर्न लागेको बताएको छ । नेपालले पनि विआरआइको माध्यमबाट नेपाल चीनको सम्बन्धलाई अझ घनिष्ट बनाउने विश्वास लिएको छ ।

त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुने छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ ।

नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ ।

चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का पनि रहेका छन् ्।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा हुनेछ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान संघले गरेको छ । प्रतियोगिताको मिडिया पार्टनर डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण गर्ने पनि संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप