बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्प्राईट डबल डोज अफरमा २४ हजार भन्दा बढि विजेता

शुक्रबार, ०१ चैत २०७५, १९ : १०
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरले बजारमा उपभोक्तामाझ सनसनी मच्चाएको छ । माघ १९ गतेबाट शुरु भएको उक्त अफरमा फागुन २५ गतेसम्म २४ हजार भन्दा बढि उपभोक्ताले सहभागीता जनाएर रु २५ लाख बराबरको टक टाइम जित्न सफल भइसकेका छन् ।

यस अफर अन्तर्गत सामसुङ ग्यालेक्सी नोट ९ का एक भाग्यशाली विजेता प्रदीप गैरीले भने, “मलाई यस अफरका बारेमा एक जना आफन्तले भन्नुभएको थियो । मलाई यस्ता अफरहरुमा खासै विश्वास लाग्दैन तर पनि एकपटक भाग्यको जाँच गर्नुपर्यो भनेर स्प्राईट किनेर ल्याए ।

त्यसपछि १०–२० जित्ने आशाको साथ एसएमएस पठाए तर जब मलाई फोन आयो एकछिन त विश्वास नै लागेन । सामसुङ ग्यालेक्सी नोट ९ पाउँदा म निकै खुसी भएको छु र यस्तो सुनौलो अफर ल्याएकोमा म नेपालको कोका–कोला कम्पनीलाई आभार प्रकट गर्न चाहान्छु ।”  

उक्त अफर अन्तर्गत उपभोक्ताले कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतल किनेर प्रत्येक दिन १० देखि १० हजारसम्मको टक टाइम र १ थान सामसुङ ग्यालेक्सी नोट ९ जित्न सक्नेछन् ।  

यस अफरमा सहभागी हुन उपभोक्ताले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको यूनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना चैत्र १७ गतेसम्म मात्र लागू हुनेछ । त्यसैले ढिलो नगर्नुहोस्, टक टाइम र सामसुङ ग्यालेक्सी नोट ९ जित्ने यस्तो सुनौलो अवसर नगुमाउनुहोस् । यस्तो अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप