शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३ दिनभित्र बर्दिबासको सबै पसलमा मुल्य सूची राख्न उपप्रमुख गौतमको निर्देशन

शुक्रबार, ०१ चैत २०७५, १९ : २७
शुक्रबार, ०१ चैत २०७५

बर्दिबास । विश्व उपभोक्ता दिवसको अवसर पारेर महोत्तरीको बर्दिबास नगरपालिकाले शुक्रबारदेखि बजार अनुगमन  सुरु गरेकोे छ । बजार अनुगमनमा बजारका अधिकांश पसलको व्यवसाय दर्ता नविकरण नभएको भेटिएको छ । 

नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उप-प्रमुख कृष्णमाया गौतमको नेतृत्वमा बर्दिबासको मुख्य बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा अधिकांश पसलहरुमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरी सञ्चालनमा ल्याइएको छ । 

अनुगमनका क्रममा बर्दिबासको मुख्य बजार क्षेत्रमा रहेको काफ्ले किराना पसल, सापकोटा सप्लायर्स, जय माँ पञ्चधुरा होटेल एण्ड गेष्ट हाउसमा म्याद नाघेको सामान तथा म्याद नभएको र पसलमा मुल्य सूची नराखिएको भेटिएको छ ।

बजार अनुगमनका क्रममा बर्दिबास नगरपालिकाकी उप-प्रमुख कृष्णमाया गौतमले व्यवसायीलाई ३ दिनभित्र पसलमा मुल्य सूची राख्न निर्देशन दिएकी छन् । उनका अनुसार ३ दिनभित्र मुल्य सूची नराख्ने र अटेर गरी व्यवसायी सञ्चालन गर्नेलाई नगरपालिकाले कारबाही गर्ने चेतावनी दिइन् । 

यसैगरी खाद्य डिभिजन तथा गुण नियन्त्रण कार्यलय महोत्तरीका प्रमुख नविन देउजाले पहिलोपटक नगरपालिकाको आयोजनामा भएको बजार अनुगमनमा अखाद्य वस्तु बिक्री गर्नेलाई सचेत गराइएको र यसपछिको दोस्रो चरणको अनुगमनदेखि अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कानुन बमोजिम कारबाही गरिने बताए ।

उनका अनुसार अहिलेका अनुगमनहरु स्थानीय तह स्वयमको निगरानीमा हुने भएकाले प्रचारात्मक मात्रै नभई व्यवहारमा समेत प्रष्ट देखिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप