शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको नेतृत्व मूल्याँकनः चीनले अमेरिकालाई उछिन्यो, पहिलो जर्मनी

शुक्रबार, ०१ चैत २०७५, २० : ०६
शुक्रबार, ०१ चैत २०७५

काठमाडौं– विश्वव्यापी नेतृत्व गर्ने क्षमतामा चीनले अमेरिकालाई उछिनेको छ । अमेरिकी जनमत सर्भेक्षण सञ्चालक दि ग्ल्याप अर्गनाइजेशनको बिहिबार सार्वजनिक रिपोर्ट अनुसार चीनले अमेरिकालाई नेतृत्व क्षमतामा उछिनेको हो । 

उक्त रिपोर्टअनुसार सन् २०१८ को तुलनामा चीनको मिडियन एप्रोभल रेटिङ अर्थात् औसत अनुमोदन मूल्याङ्कन ३४ प्रतिशत पुगेको छ भने अमेरिका ३१ प्रतिशतमा सिमित भएको छ । 

‘ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको उक्त रिपोर्टले अमेरिका, चीन, जर्मनी, रूसलगायत एक सय तीस वटा मुलुकमा सर्वेक्षण गरेको थियो ।

रिपोर्टअनुसार सबैभन्दा अगाडि भने जर्मनी रहेको छ । जर्मनीले ३९ प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै रुसको ३० प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । यसअघि सन् २०१७ मा भने चीन र अमेरिका बराबरजस्तै स्थानमा थिए ।

चीनले छिमेकी देश पाकिस्तानबाट सबैभन्दा धेरै ७३ प्रतिशत स्वीकृति पाएको छ भने अफ्रिकी देशहरूबाट ५३ प्रतिशत पाएको छ।

 त्यस्तै रिपोर्टअनुसार, चीनले विश्वको नेतृत्व गर्ने सम्बन्धमा विश्वको ३४ प्रतिशतका जनताले समर्थन प्राप्त गरेको छ भने अमेरिकाले विश्वका ३१ प्रतिशत जनताबाट समर्थन प्राप्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप