बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सबै मिलेर अघिबढे मात्र जनताले विकासको अनुुभुुति गर्छन् : प्रभुु साह

शुक्रबार, ०१ चैत २०७५, २० : १३
शुक्रबार, ०१ चैत २०७५

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले विकास निर्माणमा एकमत भएमात्र कुनै पनि स्थानीय तहका जनता आत्मनिर्भर बन्न सक्ने बताएका छन् ।
    
गृहजिल्ला रौतहटको आफ्नै निर्वाचन क्षेत्र ३ अन्र्तगत कटहरिया नगरपालिकाको दोस्रो नगर अधिवेशन समारोहलाई सम्बोधन गर्दै साहले सो कुरा बताएका हुन् ।

वर्तमान सरकार प्रत्येक नेपालीलाई आत्मनिर्भर बनाई सुखी बनाउने दायित्वका साथ अघि बढेको हुँदा पालिका स्तरमा गरिने विकास निर्माणको कार्यमा सबै दलका नेता कार्यकर्ता हातेमालो गरेर अघि बढ्न उनले सुझाव दिए ।
    
जिल्लाकै पुरानो एवं व्यापारिक केन्द्रको रुपमा रहेको कटहरियामा समुचित रुपमा बाटोघाटो, स्वास्थ्य शिक्षा, स्वच्छ खानेपानीको पुर्वाधारहरु खडा गरेपछि मात्रै नगरभित्रका जनताहरु पालिका भएको महसुस गर्ने सांसद साहले बताए ।

किसानहरुको उर्वर भूमिको रुपमा रहेका कटहरिया क्षेत्रमा आधुनिक कृषिको व्यवस्थापन, किसानलाई बाह्रै महिना सिचाईंको लागि सोलार पम्प, लघु वित्तिय कारोवारको समुचित व्यवस्थापनको साथै शिक्षालाई सुधार गर्न विद्यालय नजाने शिक्षकलाई यथोचित कारवाही गर्न पालिकाले ठोस कानुन बनाउन उनले सुुझाव दिए ।
    
कार्यक्रममा प्रदेश सांसदद्धय कुन्दन कुश्वाहा र नागेन्द्र यादवले  ढिलो भएको नगरपरिषद बाट विकास निर्माणको ढोका खुलेकाले नगरको हितमा ध्यान दिएर सहमतीमा विकासको कार्यक्रमहरु अघि बढाउन सुझाव दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप