केन्द्रीय संस्करण

राष्ट्रिय सुरक्षाका विषयमा सबै दलसँग छलफल गर्नुपर्छ : नेता सिंह

person explore access_timeचैत १, २०७५ chat_bubble_outline0
file photo

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सरकारले सबै दलसँग वार्ता गरेर निकास निकाल्नुपर्ने बताएका छन् । 

नेपाल टेलिकम वर्कस युनियनको नवौँ क्षेत्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए । 

‘राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्छ’, उनले भने । 

दुई तिहाइको बहुमत भएकाले अरु दललाई सरकारले चासो नदिएको उनको भनाइ थियो । नेता सिंहले सिके राउतसँग सरकारले गरेको समझदारी संविधान विपरीत भएको उल्लेख गरे । 

उनले नेपाल टेलिकमलाई अझ प्रभावकारी बनाउन कर्मचारी र व्यवस्थापन एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रहसमेत गरे । अधिवेशन दुई दिनसम्म चल्नेछ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ