बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साफ महिला फुटबल : श्रीलङ्का माल्दिभ्ससँग २–० गोलले पराजित

शुक्रबार, ०१ चैत २०७५, २० : ४९
शुक्रबार, ०१ चैत २०७५

विराटनगर । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । 

विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् । 

इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन् । 

श्रीलङ्काले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो भने माल्दिभ्सका खेलाडीले केही गोल गर्ने अवसर गुमाएका थिए । 

अन्तिम चारमा पुग्ने ‘ए’ समूहअन्तर्गत नेपाल र बङ्गलादेश तथा बी समूहअन्तर्गत श्रीलङ्का र भारतका टोलीले अब एक–एक खेल खेल्न बाँकी रहेको छ । 

भुटान र माल्दिभ्स समूह चरणको दुवै खेलमा पराजित भई बाहिरिएका छन् । शनिबार नेपालले समूह ‘ए’ को अन्तिम खेल बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दैछ । यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप