शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँ–गाउँमा सिंहदरबार पुग्नुपर्नेमा भ्रष्टाचार पुग्यो : नेता केसी

शुक्रबार, ०१ चैत २०७५, २० : ५५
शुक्रबार, ०१ चैत २०७५

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयताको मर्मअनुरुप सिंहदरबारका अधिकार गाउँसम्म पुग्नुपर्नेमा भ्रष्टाचार पुगेको आरोप लगाएका छन् । 

नेपाली काङ्ग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वाइडबडी, फोर ‘जी’ लगायतमा आर्थिक अनियमितता भएको र त्यसको स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राखे ।

उनले काङ्ग्रेसले भ्रष्टाचारीलाई नबोक्ने बताए । संसद्मा संसदीय समिति शक्तिशाली हुने चर्चा गर्दै उनले समितिले छानबिन गरिरहेका अवस्थामा सरकारबाट न्यायिक समिति बनाइनु जायज नभएको धारणा राखे । 

नीतिगत त्रुटी, नेतृत्वगत कमजोरी लगायतका कारणबाट नेपाली काङ्ग्रेस कमजोर बनेको उल्लेख गर्दै नेता केसीले एकआपसमा दोषारोपणभन्दा पनि सुधारवादी आन्दोलन आवश्यक छ भने । 

पार्टी व्यक्तिबाट नभइ विधिबाट चल्नुपर्ने र कार्यकर्ताले पनि विवेकलाई बन्दी बनाउन नहुनेमा उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप