बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानमै सामाजिक सुरक्षाको हक समेटिएको छ : मन्त्री थापा

शुक्रबार, ०१ चैत २०७५, २१ : ०९
शुक्रबार, ०१ चैत २०७५

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानमै सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समेटिएको बताएकी छन् । 

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्लु)को ६३ औं अधिवेशनमा भाग लिने क्रममा अमेरिकाको न्यूर्योकमा रहेकी मन्त्री थापाले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले बिहीबार आयोजना गरेको सामाजिक सुरक्षाका माध्यमबाट महिला सशक्तिकरण विषयक छलफलमा उनले लैङ्गिक समानता कायम गर्न नेपाल दृढ रहेको बताइन् । 

उक्त आयोगका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई र महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले महिला सशक्तिकरण र लैङिगक समानताका लागि तल्लो तहदेखि नै राज्यले आवश्यक कार्य गर्दै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप