मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुरा फार्ममा पसेको स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

शनिबार, ०२ चैत २०७५, २० : ४४
शनिबार, ०२ चैत २०७५

बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ । 

फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो ।

स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए ।  

यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो ।

फार्मका प्रमुख पास्कल ड्यानियले फार्ममा अटोमेटिक ढोका रहेकाले स्याल पस्नासाथ ढोका आफैँ बन्द भएको हुनसक्ने बताए । 

‘स्यालको घाँटीमा घाउ थियो । त्यो कुखुराको चुच्चोले पारेको चोटबाट बनेको थियो,’ ड्यानियलले भने । सोही चोटबाट स्याल मरेको ड्यानियलले बताए । 

ड्यानियलका अनुसार घटनाबारे अर्को दिनमात्र पत्ता लागेको थियो । अर्को दिन कर्मचारीहरु फार्ममा जाँदा त्यहाँ ६ महिनाजतिको स्यालको मृत शरिर भेटिएको थियो । 

पाँच एकडमा फैलिएको फार्ममा ६ हजार खुल्ला छाडिएका चल्ला थिए । फार्म दिनमा खुल्ला छाडिन्छ । यसले गर्दा धेरै जसो कुखुराहरु दिनको समयमा बाहिर टहल्लिरहेका हुन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप