बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिदान फर्किएसँगै म्याड्रिडकाे सुखद पुनरागमन

आइतबार, ०३ चैत २०७५, ०८ : ०१
आइतबार, ०३ चैत २०७५

एजेन्सी - प्रशिक्षक जिनेदिन जिदानले पुनरागमन गरेको पहिलो खेलमा रियल म्याड्रिडले स्पेनिल ला लिगमा सुखद नतिजा निकालको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले पराजित गर्यो । 

रियलको जितमा इस्को र ग्यारेथ बेलले गोल गरे । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ औं मिनेटमा खाता खोलेका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ७७ औं मिनेटा बेलले उत्कृष्ट गोल गर्दै रियलको जित पक्का बनाए । जितसँगै रियलले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि दवाव सिर्जना गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप