बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुशिला र श्रीहरिको ‘ह्याप्पी होली’

आइतबार, ०३ चैत २०७५, १० : ३५
आइतबार, ०३ चैत २०७५

काठमाडौं – होली नजिकिदै गर्दा बजारमा नयाँ नयाँ होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायिका सुशिला पाठकले पनि ‘ह्याप्पी होली’ बोलको गीत ल्याएकी छन् । उनलाई यो गति गायनमा श्रीहरि दाहालले साथ दिएका छन् । 

गीतमा रुपेश बास्कोटाको शब्द र संगीत छ । गीतको भिडियो पनि बनाइएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरको अभिनय देख्न सकिन्छ । 

प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो टंक के.सीले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप