शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ को उपाधि तासी दोङलाई

आइतबार, ०३ चैत २०७५, १९ : ३८
आइतबार, ०३ चैत २०७५

काठमाडौं– ‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ को उपाधि तासी दोङले जितेका छन् ।

नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरिएको हुन्डाई गल्फ टुर्नामेन्ट चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा संचालन भएको थियो । विजयी दोङलाई नेपालको लागी दक्षिण कोरियाली राजदुत पार्क योङ सिक, लक्ष्मी इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गरेका थिए । 

तासीले समान अंक बनाएको माधव सिम्खडालाई काउन्ट ब्याकको आधारमा पछि पारेका थिए । उपाधिसँगै तासीले एक लाख बीस हजार रुपैयाँ बराबरको गार्मीन अप्रोच एस् ६० प्रिमियम जिपीएस गल्फ घडी र बस्नेल भी–४ रेन्ज फाइन्दर पुरस्कार पाए ।

रनर अप माधवले उपाधिसँगै गार्मीन एस ६० जिपीएस गल्फ घडी पुरस्कारमा पाए । काउन्ट ब्याकमा ३८ अंक बनाएका संगम केसी दोस्रो रनर अप हुँदै गार्मीन अप्रोच एक २० जीपीएस गल्फ घडी पुरस्कार पाए ।३७ अंकका साथ सिनियर तर्फको उपाधी गोपाल चित्रकारले जिते ।

१९ अंकका साथ जुनियर तर्फ सत्भाव आचार्य पहिलो भए । महिला तर्फ ३० अंक बनाउदै कल्याणी मोक्तान पहिलो भईन् । तीनै विधाका विजेताले गार्मीन अप्रोच एस २० जिपीएस गल्फ घडी जिते । ३८ अंकका साथ समिर आचार्यले हुन्डाई कार वीनर अन्तर्गतको विधामा विजेता बने ।

क्लोजेस्ट टु द पिनमा गौरव शाह लंगेस्ट ड्राइभमा साम दोवलड र मोस्ट बर्डीमा तासी छिरिङ विजयी भए । तीनै विधाका विजयताले गार्मीन अप्रोच एस २० जिपीएस गल्फ घडी जिते । प्रतियोगितामा १०८ गल्फरको सहभागीता रहेको थियो । प्रतियोगिता स्र्टेबल फोर्ड विधा अन्तर्गत खेलिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप