बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३ जनाको लागि २ बोतल भोड्का ठीक कि ३ बोतल भोड्का चाहिँ ५ जनाको लागि ठीक ?

सोमबार, ०४ चैत २०७५, ०४ : ४२
सोमबार, ०४ चैत २०७५

सबैलाई गणित आउँछ, फरक यति हो कसरी बुझ्ने बुझाउने ! यस्तै भन्छन् सोभियतसंघका प्रसिद्ध गणितज्ञ  इजरेल गेलफान्ड । उनको यो भनाइ प्रसिद्ध छः मानिसहरु ठान्छन्, आफूलाई गणित आउँदैन । तर वास्तविकता चाहिँ यो हो कि सबैलाई गणित आउँछ । फरक यति हो, तपाईं त्यसलाई कसरी व्याख्या गर्नु हुन्छ ।

उनी भन्छन्ः यदि तपाई एउटा रक्स्याहा व्यक्तिलाई '२/३ वा ३/५ मा कुन ठूलो हो' भनेर सोध्नुभयो भने उसले त्यसको सही जवाफ दिन सक्दैन । तर त्यही प्रश्नलाई घुमाएर तपाईंले '३ जनाको लागि २ बोतल भोड्का ठीक कि ३ बोतल भोड्का चाहिँ ५ जनाको लागि ठीक' भनेर सोध्नुभयो भने उसले फ्याट्टै उत्तर दिन सक्छः २ बोतल भोड्का ३ जनाको लागि ठीक हो भनेर ।

स्मरण रहोस्, आधुनिक गणित विज्ञानमा अतुलनीय योगदान दिएका, गणितका प्रसिद्ध पुस्तक क्याल्कुलस अफ भेरिएसन (२०६३) का लेखक, १९ वर्षको उमेरमै मस्को स्कुल अफ युनिभर्सिटीले कुनै औपचारिक डिप्लोमा डिग्रीहरुबिनै गणितको ग्राजुएटको रुपमा स्वीकारेका व्यक्ति हुन् गेलफान्ड ।

सन् १९१३ को सेप्टेम्बर २ मा युक्राइनमा जन्मेका र २००९ अक्टोबर ५ मा अमेरिकामा मरण वरण गरेका गेलफान्ड मस्को स्टेट युनिभर्सिटी (सोभियतसंघ), हावर्ड युनिभर्सिटी (अमेरिका) लगायत विभिन्न प्रसिद्ध विश्वविद्यालयहरुमा प्रोफेसर पनि थिए । गणितमा गरेका अतुलनीय योगदानका कारण उनलाई अक्सफोर्ड लगायत विभिन्न विश्वविद्यालयहरुले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका थिए भने उनी मस्को म्याथम्याटिकल सोसाइट, अमेरिकन नेसनल एकेडेमी अफ साइन्स, अमेरिकन एकेडेमी अफ आर्टस् एण्ड साइन्स, सोयल आयरिस एकेडेमी, अमेरिकन म्याथम्याटिकल सोसाइटी, लन्डन म्याथम्याटिकल सोसाइटी लगायतका संस्थाहरुको अध्यक्ष समेत रहिसकेका सम्मानित व्यक्ति हुन् ।

विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरु जितिसकेका गेलफान्डलाई गणितमा उनले गरेका योगदानका कारण तत्कालीन सोभियत संघको अत्यन्तै सम्मानित पदक अडर अफ लेनिन तीन पटक प्रदान गरिएको थियो ।

गणितका दर्जनौं क्षेत्रमा योगदान गरेर ‘लिजेन्ड’ बनेका गेलफान्डकै गणितीय ढाँचामा आधुनिक एमआरआइ र सिटी स्क्यानर मेशिनहरुको कार्यक्षमता आधारित रहेको मानिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप