शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१३ दिनपछि रत्न डिस्चार्ज, हजुरआमालाई ‘रिसिभ’ गर्न पुगे पारस (फोटोफिचर)

सोमबार, ०४ चैत २०७५, ११ : २१
सोमबार, ०४ चैत २०७५

काठमाडौं– १३ दिनयता नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् ।

रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए । यस्तै राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए । 

रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । रत्नकै हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमणमा समेत सहभागि भइनन् । 

डिस्चार्ज भएपछि रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिए । 

रुघा, खोकी लगायतले ग्रस्त भई  पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप