शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुलाहाले दुलहीका साथीका प्रश्नको जवाफ दिन सकेनन्, पैसा गन्न सकेनन्, फिर्ता पढाइदिइन् जन्ती

सोमबार, ०४ चैत २०७५, ११ : ३९
सोमबार, ०४ चैत २०७५

भारतको बिहारस्थिती एक दुलहीले दुलाहा अशिक्षित हुँदा विवाह गर्न अस्विकार गरेकी छिन् । दुलहीले यो निर्णय ‘वरमाला’ लगाइदिएपछि लिएकी हुन् । युवतीको यो निर्णय गाउँलेले स्वागत गरे । यस्तै विवाहमा आएका व्यक्तिले उनको हिम्मतको तारिफ गर्दै आफ्नो पढे लेखेको छोरासँग विवाहको प्रस्ताव राखे जसलाई युवतीले स्विकार गरिन् ।

भारतीय मिडिया अनुसार यो घटना मार्च १३ तारिखको हो । विवाहको कार्यक्रम चलिरहँदा दुलहीका साथीसँग दुलहा कुरा गरिरहेका थिए । त्यतिबेला उनीहरुलाई विवाह शिक्षित भएकोमा शंका लाग्यो । युवतीका साथीले उनलाई विभिन्न प्रश्न सोधिरहेका थिए । तर कुनैको पनि सही जवाफ दिन सकिरहेका थिएनन् ।

सयका नोट गन्न दिएः

दुलहीका साथीहरुले दुलाहालाई सयका १० वटा नोट गन्न दिए । ती पैसा दुलहाले तीन पटक प्रयास गर्दा पनि राम्रोसँग गन्न सकेनन् । त्यसपछि उनलाई उनको नाम र गाउँको नाम सोधियो । उनीहरुले एकैछिनमा दुलाहा अशिक्षित भएको पत्ता लगाए । त्यसपछि युवतीले हिम्मत देखाइन् र विवाह गर्न अस्विकार गरिन् ।

त्यसपछि पढे–लेखेका युवकसँग गरिन् विवाहः

दुलहीको यो निर्णयले सबैजना प्रभावित थिए । विवाहमा सरिक एक व्यक्तिले पनि तारिफ गर्दै आफ्नो छोरसँग विवाहको प्रस्ताव राखे । उनले आफ्नो छोरा शिक्षित भएको बताउँदै विवाहका लागि राजी भए नभएकोबारे सोधे । युवती पक्षले उक्त प्रस्ताव स्विकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप