मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महँगो मोबाइल हराउने चिन्तामा हुनुहुन्छ ? ‘मेरो सुरक्षा’ले लिन्छ जिम्मा

सोमबार, ०४ चैत २०७५, १३ : ४०
सोमबार, ०४ चैत २०७५

मोबाइल– आधुनिक प्रविधिको सर्वोत्कृष्ट देन । अहिले मानिसहरु केही छाक खाना नखाई पनि बाच्न सक्छ तर मोबाइल आधुनिक समाजमा मानव जीवनको अभिन्न अङ्ग बनिसकेको छ कि मोबाइलबिना उनीहरुको जीवन एकछिन पनि चल्न सक्दैन ।

एक जमाना थियो, मोबाइल भन्ने चीज स्टाटस सिम्बोल बनेको थियो । धनीमानीले मात्रै बोक्न सक्ने, गरिबहरुका लागि चाहिँ आकाशको फल आँखा तरी मल जस्तै । तर प्रविधिमा भएको तीव्र विकासले मोबाइलमा धनी मानिसहरु मात्रै हैन, सर्वसाधारणको पनि पहुँच पुग्यो । कतिसम्म भने, अहिले हरेक व्यक्तिले बोक्न सक्ने÷ दैनिक जीवनका लागि अत्यावश्यक र सर्वसुलभ बनेको छ मोबाइल ।

सामान्य अर्थमा मोबाइलको काम कुराकानी गर्नु हो । तर आजभोलि मोबाइल कुराकानी गर्ने साधन मात्रै हैन, बहुउपयोगी सुविधाको वस्तु बनेको छ । फोटो खिच्ने, भिडियो खिच्ने, इन्टरनेट हेर्न, भिडियो हेर्ने, इन्टरनेटमार्फत् कारोबार गर्ने, यस्ता थुप्रैथुप्रै सुखसुविधाहरु मोबाइलबाट उपभोग गर्न सम्भव छ । यस अर्थमा पनि मोबाइल दैनिक जीवनको छुटाउनै नसकिने अभिन्न अङ्ग बनेर गएको छ ।

एक हजारदेखि लाखौँ मूल्यसमेत पर्ने गर्छन्, मोबाइलको । यो त्यसले दिने सुविधा र त्यसको क्षमतामा निर्भर गर्ने कुरा हो । त्यसमाथि थप, मोबाइलबाटै दैनिक जीवनका कारोबारहरु, जस्तै व्यापार, बैङ्कसम्बन्धी कामकाजहरु लगायतका विविध सुविधाहरु सञ्चालन गर्न सकिने भएकाले आधुनिक विश्वमा मोबाइलको सुरक्षा प्रमुख चिन्ताको विषय पनि बन्दै गइरहेको छ । त्यसमाथि थप, मोबाइल विग्रिएमा, पानीमा परेमा, फुटेमा वा हराएमा के गर्ने होला भन्ने चिन्ता त छँदैछ ।

यस्तो स्थितिमा मोबाइलको सुरक्षाका लागि ‘मेरो सुरक्षा’ले मोबाइल बिमाको योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअनुसार, सो कम्पनीले बिमा गरिएको मोबाइल हराएमा, फुटेमा, आगो लागेमा अथवा पानी परेर बिग्रेमा क्षतिपूर्ति दिने गर्छ । 

के हो मेरो सुरक्षा ?

‘मेरो सुरक्षा’ मोबाइल सुरक्षा योजना हो । ‘मेरो सुरक्षा’ले कुनै पनि डिजिटल सामग्रीहरुका बिमा अथवा सुरक्षा गर्ने काम गर्छ । मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बिमा प्रिमियर इन्स्योरेन्स कम्पनीले गर्छ । 

‘मेरो सुरक्षा’ले प्रिमियर बिमा कम्पनीसँग सहकार्य गरी मोबाइलको बिमा सेवा प्रदान गर्दै आएको छ । ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ भन्ने नारासहित आएको ‘मेरो सुरक्षा’ प्रालिले जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले सुरक्षा योजना अन्तर्गत नयाँ मोबाइल पाउन सक्नेछन् ।

साथै कम्पनीले हराएको सम्पूर्ण डाटासहित प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइदिने काम गर्छ । कुनै कारण मोबाइलमा भौतिक रूपमा नोक्सान पुगेमा ‘मेरो सुरक्षा’को योजनाअनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउन सक्ने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनारले बताए ।

मोबाइल बिमापश्चात ‘मेरो सुरक्षा’को एप डाउनलोड गरी प्रयोगकर्ताले सबै डाटा सुरक्षित राख्न सक्छ । यदि मोबाइल हराएमा वा भौतिकरूपमा क्षति भएमा बिमादाबीसहित सम्पूर्ण डाटा रिकभरी गरिदिने काम ‘मेरो सुरक्षा’ले गर्छ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनार भन्छन्, ‘प्रयोगकर्ताको डाटा सुरक्षित गर्न एप युजरको नाम र पासवर्डको पहुँच प्रयोगकर्ता आफैसँग मात्र हुन्छ । आफ्नो एकाउन्टमाख नै सम्पूर्ण डाटा स्टोर भएर बसेको हुन्छ । यदि मोबाइल हरायो अथवा विग्रियो भने मेरो सुरक्षाले उक्त एपमा स्टोर भएका डाटालाई पनि रि–स्टोर गरी नयाँ मोबाइल उपलब्ध गराउँछ ।’

मोबाईलको स्क्रिन फुटेमा, दुर्घटनामा परेमा, आगो लागेमा अथवा पानीमा परेमा  कम्पनीले मोबाइल मूल्यको ८० प्रतिशत जिम्मा लिन्छ भने मोबाइल हराएमा अथवा फुटेमा भने मोबाइल मूल्यको ५० प्रतिशत मात्रै जिम्मा लिने गर्छ । 

कसरी गर्ने मोबाइल इन्स्योरेन्स

मोबाइल बिमा गर्नका लागि दुई तरिका अपनाउन सकिन्छ । पुरानो मोबाइल र नयाँ मोबाइलको बिमाफरक ढङ्गबाट गर्न सकिन्छ । नयाँ मोबाइल खरिदकर्ताले मोबाइल पसलबाटै इन्स्योरेन्सको सुविधा लिन सक्ने सुविधा मेरो सुरक्षाले दिँदै आएको छ ।

मोबाइल मूल्य बराबरको जम्मा ५ प्रतिशत तिरेर बिमा गर्न सकिन्छ । बिमा रकम वार्षिक रूपमा भुक्तान गर्नुपर्ने हुन्छ । यदि मोबाइल हराएमा, विग्रिएमा जुनसुकै समयमा नयाँ मोबाइलका लागि बिमा क्लेम गर्न सकिने ‘मेरो सुरक्षा’का सीईओ सुनारले बताए । 

मोबाइल इन्स्योरेन्सको अर्को फाइदा पनि छ । मोबाइलको जम्मा भ्यालुको ५ प्रतिशतमा गरिएको बिमामा ग्रहकले १ लाख बारबरको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्छ । यो अर्को आकर्षक पाटो हो । त्यसैगरी डाटा रिकभरी गर्ने काम गर्छ । 

हाल मेरो सुरक्षाले काठमाडौं भ्याली लगायत पोखरा, चितवन र वीरगञ्जमा सेवा दिइरहेको छ भने आउँदो महिनाबाट बुटवलबाट सेवा दिने जनाएको छ । त्यसैगरी, तनहुँ र पाल्पाबाट पनि आउँदो २ महिनापछि मेरो सुरक्षाको सेवा सुरु हुने प्रमुख कार्यकारी अधिकृत सुनारले बताए । 

मेरो सुरक्षाले काठमाडौं भ्याली लगायत चितवन र वीरगञ्जका मोबाइल पसलहरुमा आफ्नो कम्पनीको तर्फबाट कर्मचारी खटाएको छ । मोबाइल पसलमा रहेका ‘मेरो सुरक्षा’का कर्मचारीबाट मोबाइल इन्स्योरेन्ससम्बन्धी सम्पूर्ण जानकारी लिनुका साथै तत्काल बिमा गर्न सकिने सुविधा उपलब्ध छ ।

हाल मेरो सुरक्षाले काठमाडौं भ्यालीमा मात्रै १ सयभन्दा बढी कर्मचारीहरु मोबाइल पसल तथा मोबाइल कम्पनीहरुमा परिचालन गरेको छ । जहाँबाट सीधै ग्राहकले मोबाइल बिमा गर्न सक्छन् । नेपालमा हालसम्म १० हजारभन्दा धेरै मोबाइलको बिमा भइसकेको छ ।

अझ कतिलाई मोबाइल बिमासम्बन्धी जानकारी नभएर पनि यो सुविधा लिन सकिरहेका छैनन् । हाल मेरो सुरक्षाले विभिन्न जनचेतनामूलक कार्यक्रम तथा प्रचार प्रसार अनि मोबाइल पसलबाटै यसबारे जानकारी दिँदै आइरहेको छ ।

रोजगारीको हिसाबले पनि ‘मेरो सुरक्षा’ले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको छ । कम्पनीले आउँदा दिनमा पनि रोजगारी सिर्जनालाई महत्त्व दिँदै जाने सीईओ सुनारले बताए ।

छोटो समयमै लोकप्रिय ‘मेरो सुरक्षा’

नेपालको परिप्रेक्षमा जीवन बिमाले पनि त्यति सफलता हासिल गरिनसकेको अवस्थामा मोबाइल बिमा एक चुनौतीपूर्ण कार्य पक्कै हो । तर पनि हरेक मानिसलाई आफ्नो सम्पत्तिको माया हुने भएकाले कसरी उक्त सम्पत्तिको सुरक्षा गर्ने उपायको खोजीमा हुन्छ । त्यसैले पनि यो योजना प्रभावकारी सावित भएको सीईओ सुनार बताउँछन् ।

मेरो सुरक्षाले मोबाइल बिमा सेवा विस्तार गरेको भर्खरै ५ महिना मात्रै भएको  छ । तर यसको लोकप्रियता ह्वात्तै बढेको छ । महँगा स्मार्ट फोन प्रयोगकर्ता बढ्दै गएको अवस्थामा यो सेवाले प्रयोगकर्तालाई ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भने जस्तै भएको छ । महँगा स्मार्ट फोन त्यसमा पनि महत्त्वपूर्ण डाटाहरुको सुरक्षाका लागि यो सेवा निकै उपयोगी सावित देखिएको छ ।

मोबाइल इन्स्योरेन्सको बारेमा विगत डेढ वर्षदेखि अध्ययन अनुसन्धान गर्दै आएका तीन युवा प्रेम सुनार, सौरभ पाण्डे र रोहित थापाले बजारमा यसको माग र आवश्यकतालाई महसुस गरी गत वर्ष कम्पनी खडा गरे  । कम्पनीको नाम रह्यो ‘मेरो सुरक्षा’ । झट्ट सुन्दा जीवन सुरक्षा जस्तो लागे पनि यसको उद्देश्य र अर्थ भने आफ्नो सम्पत्तिको सुरक्षा गर्नु थियो ।

हाल मोबाइल बिमा मात्र गर्दै आएको ‘मेरो सुरक्षा’ले आगामी दिनमा विभिन्न डिजिटल उपकरणहरुको पनि इन्स्योरेन्स गर्ने लक्ष्य राखेको छ ।

मेरो सुरक्षा सुरु भएयता काठमाडौं भ्यालीभित्र मात्रै १ सय २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भ्यालीबाहिर पनि त्यही सङ्ख्यामा रोजगारी सिर्जना गर्ने योजनामा छ कम्पनी । आउँदो वर्षसम्म ३ सय जनालाई प्रत्यक्ष र ५ सयभन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारी दिने योजना बनाएको छ मेरो सुरक्षाले ।

यी तीन युवाले सुरु गरेको नयाँ सोच र कार्यले नेपालमै अवसरहरु प्रसस्त भएको प्रमाणित गर्छ । ‘अवसर र सम्भावना प्रसस्त छन् मात्र पहिचान गरेर अगाडि बढ्नुपर्छ । हामी आफैले स्वविवेक लगाएर स्वरोजगार बन्ने कोसिस गर्ने हो भने नेपालमा यस्ता धेरै अवसरहरुले पर्खिरहेको छन् ।’ सीईओ सुनार बताउँछन् ।

‘मेरो सुरक्षा’ को ब्रान्ड एम्बास्डरमा महानायक राजेश हमाल रहेका छन् ।

मोबाइल बिमाबारे प्रयोगकर्ता

सेवा दिन सुरु गरेको छोटो समयमै उत्साहजनक रूपमा प्रयोगकर्ताहरु बढेको ‘मेरो सुरक्षा’ले बताएको छ । सेवा सुरु गरेको पहिलो महिना २ सय प्रयोगकर्ताले बिमा गरे । दोस्रो महिनामा १८ सय मोबाइल बिमा भए भने तेस्रो महिनासम्म पुग्दा ४ हजार मोबाइलको बिमा भए । हालसम्म (पाँच महिना पार गर्दासम्म) मोबाइल इन्स्योरेन्सको सङ्ख्या १० हजार नाघेको छ । 

यसले पनि के देखाउँछ भने महँगो मूल्य परेका मोबाइलको सुरक्षा गर्नुपर्छ भन्ने चेतना नेपालीमा रहेको र बिमा गर्ने क्रम दिनानुदिन बढ्दै गइरहेको मेरो सुरक्षाका सीईओ प्रेम सुनार बताउँछन् । 

हाल काठमाडौँ उपत्यकामा मात्रै दैनिक १ सय ५० भन्दा धेरै मोबाइलको इन्स्योेरेन्स हुने गरेका छन् । उपभोक्ताहरुले पुराना मोबाइलको पनि बिमा गर्न थालेका छन् । बिमा गर्नेको सङ्ख्या बढेसँगै बिमा क्लेम गर्ने पनि उत्तिकै हुन्छन् । यस्तोमा कम्पनीले क्लेम दाबी गर्नेलाई भुक्तान एक हप्तामै गर्ने गरेको छ ।

प्रयोगकर्ताले मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र (एक हप्तामा) अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने ‘मेरो सुरक्षा’का सीईओ सुनारले बताए ।

नेपालमा दैनिक ४ हजार स्मार्टफोनको कारोबार हुने गरे पनि लगभग २ सयको हाराहारीमा मात्रै बिमा हुने गरेको छ । आगामी दिनमा यो सङ्ख्या बढ्ने विश्वास सीईओ सुनारको छ । उनी भन्छन्, ‘धेरै मोबाइल प्रयोगकर्तालाई मोबाइल इन्स्योरेन्सबारे जानकारी नै छैन । त्यसैले यसबारे विभिन्न जनचेतना जगाउने र मोबाइल इन्स्योरेन्सको फाइदाबारे जानकारी दिने काममा हामी केन्द्रित छौँ ।’

राज्यको ठूलो रकम डिजिटल क्षेत्रमा रहेकाले यसको सुरक्षामा केन्द्रित हुनु भनेको हरेकको जिम्मेवारी हो  । त्यसैगरी मोबाइल प्रयोगकर्ताहरुले पनि आफ्नो ठूलो लगानी डिजिटल क्षेत्रमा लगाएको छ । यसको सुरक्षाबारे जोकोही चिन्तित छ, यस्तोमा ‘मेरो सुरक्षा’ रक्षाको लागि खडा भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप