बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा जेष्ठ नागरिक मिलन केन्द्र शिल्यान्यास

सोमबार, ०४ चैत २०७५, १४ : ३०
सोमबार, ०४ चैत २०७५

रुपन्देही–रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ । केन्द्रको सोमबार आयोजित एक समारोहबीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले शिलन्यास गरे ।

बुटवल–बेलहिया सिक्सलेन सडकसँग जोडिएको झण्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यान समेत निर्माण गरिने वडाध्यक्ष नारायण न्यौपानेले जानकारी दिए ।
केन्द्रसँगै आजै अपाङ्गतामैत्री अत्याधुनिक सार्वजनिक शौचालयको पनि शिलन्यास गरिएको छ ।

झण्डै एक करोडको लागतमा जेष्ठ नागरिक मिलन केन्द्रको भवनलगायतका पूर्वाधार निर्माण हुने वडाध्यक्ष न्यौपानेले जानकारी दिए । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्क निर्माण गरिनेछ । निर्माण हुन थालेको केन्द्र नजिकै ऐतिहासिक रामजानकी मन्दिर छ ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भैरहँदा जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्याउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो ।

केन्द्रको शिलन्यास गर्दै नगर प्रमुख घिमिरेले जेष्ठ नागरिक मिलन केन्द्रलाई नमूना बनाइने बताएको छ ।

जेष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्र उपयोगी हुने उनको भनाइ छ ।जेष्ठ नागरिकलाई आनन्दमय तरिकाले चिन्तन÷मनन गर्न सक्ने गरी केन्द्रमा संरचनाहरु निर्माण गरिने छ ।  

मंगलापुरमा तिलोत्तमा नगरभित्रको दोस्रो जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुन थालेको हो । वडा नं. ४ डिङ्गरनगरमा पनि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप