बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकद्वारा स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रम सुरु

सोमबार, ०४ चैत २०७५, १६ : २०
सोमबार, ०४ चैत २०७५

काठमाडौं – लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ ।

लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २०% सम्म तथा आरोग्य केन्द्रहरुमा ३०% छुट प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप