बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर

सोमबार, ०४ चैत २०७५, १८ : ५५
सोमबार, ०४ चैत २०७५

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘ह्याप्पी न्यू यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनेछन् जसमा एक लाख रुपैयाँसम्म नगद छुट पाउन सकिने छ ।

‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने कम्पनीले बताएको छ । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनेछन् । यो डबल बोनान्जा अफर हो,’ एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सिइओ चिरञ्जीवी शाहले भने, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौं कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।’

नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र हुनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप