शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार मञ्चको शाखा क्यानडा र कोरियामा

सोमबार, ०४ चैत २०७५, १९ : ३५
सोमबार, ०४ चैत २०७५

काठमाडौं– नेपाल पत्रकार मञ्चको क्यानडा र दक्षिण कोरियामा मञ्चको शाखा गठन भएको छ । 

नेपाल पत्रकार मञ्चसँग आवद्ध क्यानडामा स्थायी वसोवास गर्ने पत्रकारहरुको एक भेलाले पत्रकार श्रीकृष्ण फुयालको अध्यक्षतामा शाखा गठन भएको हो ।

शाखा गठन गर्दा नेपाल पत्रकार मञ्चका केन्द्रीय सदस्य लक्ष्मण पन्थीको उपस्थितिमा शाखा गठन भएको हो । शाखाका उपाध्यक्षमा रामकृष्ण रेग्मी,    सचिवमा हेमबहादुर थापा, कोषाध्यक्षमा दिपेन्द्र मैनाल र सदस्यमा पार्वती पौडेल रहेको शाखाका अध्यक्ष श्रीकृष्ण फुयालले जनाएका हुन् । 

कार्यक्रम एभरेस्ट तेकेन्दो एकेडेमी, ओन्टारियो,तोरोन्टो क्यानडामा भएको हो ।  त्यसैगरी दक्षिण कोरियामा पनि नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको गठन भएको छ । 

दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वानस्थित नामसौल विश्वविद्यालयमा एक कार्यक्रमकाबीच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको हो ।  नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रीय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा.सृजना थापाको सभापतित्वमा बसेको बैठकले सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

नवगठित कार्यसमितिको उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा सत्य प्रकाश यादव, सचिवमा वेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राई, गंगा प्रजापति, तुलसी तिमिल्सिना र शिवकुमार कार्की रहेका छन् ।

यी दुई शाखालाई नेपाल पत्रका मञ्चको केन्द्रीय समितिको बैठकले अनुमोदन समेत गरेको नेपाल पत्रकार मञ्चका महासचिव विमलकुमार थापाले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप