शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नक्कली सुन देखाई ठगी गर्ने समूह प्रहरी फन्दामा

सोमबार, ०४ चैत २०७५, २० : ३५
सोमबार, ०४ चैत २०७५

काठमाडौं । प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना रहेका छन् । 

पक्राउ पर्नेहरुमा नुवाकोटका चार जना रहेका छन् भने गोरखाका दुई जना छन् । नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २८ वर्षीय मंगले तामाङ र २६ वर्षीय राउसिंह तामाङ रहेका छन् । 

यस्तै गोरखा अजिकोट गाउँपालिका घर भएका ३९ वर्षीय कुशल अधिकारी र  गोरखा नगरपालिका–१ ताप्लेका ३२ वर्षीय गोबिन्द पोखरेल रहेको प्रहरीले जनाएको छ । 

काठमाडौंको विभिन्न स्थानबाट नक्कली सुन २ थान र १ हजार दरका नक्कली नेपाली नोट ५ थानसहित उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ  । 

उनीहरुले विगत केही महिनादेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली सुनलाई सक्कली सुन हो भनी विभिन्न व्यक्तिहरुलाई लोभनमा पारी ठगी गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप