विमानस्थलमा अवैध रुपमा सुन संकलन गर्ने ४ जना पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका–९ का संदिप पटेल, हेटौंडा उपमहानगरपालिका–३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् ।
प्रहरीले २/२ जनाको समूहमा पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ थान सुनको बाला, मोबाइल ३ थान र ल्यापटप २ बरामद गरेको छ । उक्त सूनको मूल्य करिब २७ लाख ५० हजार हुनेछ ।
राउत र पटेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ्ग एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्गबाट प्रहरीले पक्राउ गरेको हो ।
यस्तै केसी र राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ