शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के आलियाले ड्राइभर र सहयोगीलाई उपहारमा दिइन् घर ?

मङ्गलबार, ०५ चैत २०७५, १० : १०
मङ्गलबार, ०५ चैत २०७५

बलिउड नायिका आलिया भट्टले केही दिन अघि साथीभाइ र परिवारसँग आफ्नो २६ औं जन्मदिन मनाएकी थिइन् । आलियाको जन्मदिनमा प्रेमी रणबीर कपुरले उनका लागि रोमान्टिक डेट पनि प्लान गरे । तर जन्मदिनको मौकामा आलिया भट्टले सबैभन्दा सुन्दर उपहार आफ्ना ड्राइभर र सहयोगीलाई दिइन् । रिपोर्टका अनुसार आलियाले दुबैलाई घर खरिद गर्नका लागि ५०–५० लाखको चेक दिइन्  ।

भारतीय संचारमाध्यम पिंकविलाको रिपोर्ट अनुसार अािलयाको पहिलो फिल्म स्टूडेन्ट अफ द इयरदेखि अहिलेसम्म आलियाका लागि सुनिलले ड्राइभर र अनमोलले सहयोगीको काम गरिरहेका छन् । आलियाको अहिलेसम्मको यात्रामा दुबै सधैं सँगै छन् । त्यसकारण नायिकाले आफ्नो जन्मदिनको मौकामा उनीहरुलाई घर खरिद गर्नका लागि रकम दिएकी छिन् ।

आलिया चाँडै नै फिल्म कलंकमा देखिँदै छिन् । यो फिल्मको टिजर रिलिज भइसकेको छ । आलियाले पहिलो पटक आफ्नो क्लासिकल डान्सको प्रतिभा देखाउँदै गीतमा शानदार काम गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप