शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक घण्टाभित्र दुई पटक भूकम्पको धक्का

मङ्गलबार, ०५ चैत २०७५, १० : ५८
मङ्गलबार, ०५ चैत २०७५

बैतडी ।  बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप