सन्दीप लामिछाने आईपीएल खेल्न बुधबार भारत जाँदै
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार दिल्ली जाँदैछन् । मार्च २३ देखि सुरु हुने आईपीएलमा सन्दीपले दिल्ली क्यापिटलबाट खेल्दैछन् ।
अघिल्लो सिजन दिल्ली डेयरडेभिल्सको नामले आईपीएल खेल्दै आएको दिल्लीले यस सिजनदेखि दिल्ली क्यापिटल नाम राखेको हो । आईपीएलमा दिल्लीले पहिलो खेल मार्च २४ मा मुम्बई इन्डियन्सविरुद्ध मुम्बईमा खेल्दैछ ।
दिल्लीबाट सन्दीपले दोस्रो सिजन खेल्दैछन् । उनले गतबर्ष ३ खेल खेल्दै ५ विकेट लिएका थिए । सुरुमा बेन्चमा राखिएका सन्दीपलाई दिल्लीले अन्तिम तीन खेल खेलाएको थियो ।
हाल अस्ट्रेलियाका पूर्वकप्तान रिक्की पोन्टिङ प्रशिक्षक रहेको दिल्लीमा भारतका पूर्व खेलाडी मोहमद कैफ सहायक प्रशिक्षक छन् । यसैगरी टोलीका खेलाडीहरुमा श्रेयस ऐर कप्तान, ऋषभ पन्त, शिखर धवन, पृथ्वी शा, सन्दीप लामिछाने, अमित मिश्रा, इशान्त शर्मा, हनुमा विहारी, कोलिन इन्ग्राम र आवेश खान छन् ।
टोलीका अन्य खेलाडीमा ट्रेन्ट बोल्ट, कागिसो रवाडा, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, अन्कुश वेन्स, नाथसिंह, शेरफेन रदरफोर्ड, किमो पल, जलज सक्सेना र अक्षर पटेल रहेका छन् ।
विश्वका चर्चित लिग खेलिरहेका नेपालका सन्दीपलाई यसपटक दिल्लीले दिने भूमिका चासोको विषय बनेको छ । आईपीएलको ११औं संस्करण सकिएपनि दिल्लीले अहिलेसम्म उपाधि जितेको छैन । दिल्ली सन् २०१२ मा तेस्रो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै