बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जहाँ पानी पनि संगीतको धुनमा नाच्दछ... (भिडियो)

मङ्गलबार, ०५ चैत २०७५, ११ : ५९
मङ्गलबार, ०५ चैत २०७५

मलेसिया । संगीतको धुनमा नरम्ने यो संसारमा कमै मात्र होलान् । संगीतको मधुर धुनले मस्त भएपछि जस्तोसुकै नाच्न नजान्ने नै किन नहोस्, उसको शरीर त्यही तालमा हल्लिन थाल्दछ ।

तर, के पानी जस्तो निर्जिव वस्तु पनि संगीतको तालमा मग्न भएर नाच्छ होला र ? सुन्दा अचम्म लाग्छ । हो, आज हामी तपाईंहरुलाई यस्तो ठाउँ घुमाउन लाँदैछौँ जहाँ पानी पनि संगीतको तालमा नाच्न थाल्छ ।   

मलेसियाको राजधानी क्वाललम्पुरमा पर्यटक र स्थानीयका लागि मुख्य आकर्षण केन्द्रको रुपमा पेट्रोनाज ट्वीन टावर रहेको छ । कुनै बेला विश्वकै अग्लो मानव निर्मित यो भवनको छेउमा एउटा वाटर पार्क रहेको छ ।

उक्त वाटर पार्कमा हरेक साँझ ८ बजेपछि पानीको नृत्य देखाउने गरिन्छ । त्यहाँ संगीत अनुसार पानीको फोहोरालाई नृत्यको रुप दिएर दर्शकलाई मनोरञ्जन गराइन्छ ।

दिनभरको गर्मी र थकान मेटाउन हरेक साँझ त्यहाँ सयौँको संख्यामा स्थानीय र पर्यटक पुग्ने गर्छन् ।

पानी आफैँ नृत्य नगरे पनि कृत्रिम रुपमा जसरी त्यहाँ पानीको फोहरालाई नचाइन्छ, त्यो दृश्य निकै मनमोहक देखिन्छ ।

हेर्नुहोस् भिडियोमा :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप