शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्षयसँग काम गरिसकेका यी नायकसँग अब फिल्म हेर्ने पैसासमेत छैन

मङ्गलबार, ०५ चैत २०७५, १२ : ०८
मङ्गलबार, ०५ चैत २०७५

समयजस्तो शक्तिशाली यो संसारमा केही पनि छैन । को कहिले करोडपतिबाट ‘रोडपति’ बन्छन्, थाहै हुँदैन । यस्तै भएको छ बलिउड नायक सुवी सिद्धूसँग । सुविले एक समय अनुराग कश्यपजस्ता निर्देशकका लागि काम गरेका छन् । उनी सुपरस्टार अक्षय कुमारका को–स्टारको रुपमा काम गरिसकेका छन् । बलिउडका ठूला सेलिब्रिटीसँग काम गरिसकेका सुवीसँग बसको टिकट किनेर निर्देशकलाई भेट्न जाने पैसासमेत छैन । कुनैबेला फिल्मका लागि काम गर्ने सुवीले आज आफूसँग फिल्म हेर्नु सपना भइसकेको बताएका छन् ।

आफूसँग हलको टिकट किनेर फिल्म हेर्न सक्ने क्षमता नभएको उनले बताएका छन् । उनको स्थिती यस्तो भइसकेको छ कि उनी एक अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम गर्न बाध्य छन् । सुवीको वास्तविक नाम त्रिलोचन सिंह सिद्धू हो र उनी मूलतः लखनऊका हुन् ।

उनले ब्ल्याक फ्राइडे, गुलाल, पटियाला हाउस र पाँचजस्ता फिल्ममा काम गरिसकेका छन् । युट्युबमा फिल्म क्याम्पियनसँगको कुराकानीमा उनले सिल्भर स्क्रिनबाट सुरक्षाकर्मीको जागिरसम्मको आफ्नो यात्राबारे वर्णन गरेका छन् ।

फिल्म क्याम्पियनसँगको कुराकानीमा सुवीले आफूले प्रारम्भिक शिक्षा लखनउमा नै लिएको जानकारी दिए । त्यसपछि उनी ग्रेजुएशन गर्न चन्डीगढ आएको बताए । पढाईकै सिलसिलामा आफूलाई मोडलिङको अफर सुरु गरेको बताए ।

सुवीका अनुसार उनलाई अभिनय गर्ने शौख वाल्यकालदेखि नै थियो । मोडलिङबाट उनी अभिनयतर्फ अघि बढ्नुको साटो कानूनको पढ्न उनी लखनउ फिर्ता भए । यसैबीच उनका भाइ एयर इन्डियामा जागिरे भए र उनलाई मुम्बई आउ–जाउका लागि एउटा कारण पाए ।

सुवीले मुम्बई आएर संघर्ष सुरु गरे र उनले अनुराग कश्यपसहित एक फिल्ममा अभिनय गरे जसको नाम थियो ‘पाँच’ । दुर्भाग्यवश, यो फिल्म रिलिज हुन पाएन । त्यसपछि उनले विभिन्न फिल्ममा स–साना भूमिका निभाए ।

सुवी सिद्धूले फिल्म क्याम्पियनलाई भने, ‘कामको मलाई कहिले पनि समस्या भएन । अत्यधिक काम भएकाले मैले आफैं काम छोड्नुपर्दथ्यो । मेरो स्वास्थ्यले साथ नदिएपछि त्यति धेरै काम गर्न सकिनँ । पछि आर्थिक स्थिती बिग्रियो र स्वास्थ्य समस्या पनि बढ्यो । त्यसपछि मैले काम पाउनै छाडेँ ।’

सुवीले भने, ‘श्रीमतीको मृत्यु भएपछि मेरो समय थप बिग्रियो । त्यसको अर्को वर्ष बुवा बित्नुभयो । आमा बित्नुभयो । सासु आमा बित्नुभयो । ससुरा बिते । एकपछि अर्को गर्दै धेरैले मलाई छोडेर जानुभयो । म एक्लो हुँदा हुँदै नितान्त एक्लो भएँ ।’

सुविले सुरक्षागार्डको समस्याबारे भने, ‘यो काम गाह्रो छ । बिहान ८ बजेदेखि राती ८ बजेसम्म र दोस्रो सिफ्ट राती ८ देखि बिहान ८ सम्म हुन्छ । यस्तो जागिरमा सुत्ने समय निकै गाह्रोगरी पाइन्छ । ’

उनी भन्छन्, ‘जीवन एउटै गतीमा अघि बढिरहेको छ । बिहान खान खाएर काममा जाने । राती घर पुगेपछि खाना बनाउने र खाएर सुत्ने । यस्तै छ दिनचर्या । ’

सुविले भने, ‘मसँग अहिले बसको टिकट काटेर निर्देशनसँग भेट्नेसम्म पैसा छैन । हलमा गएर फिल्म हेर्नु सपना जस्तो भएको छ । यस्तो होइन कि मलाई फिल्म हेर्न मन लाग्दैन, तर के गर्नु । आर्थिक अवस्था नै यस्तै छ....’ यति भन्दा उनको आँखा रसाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप