बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडक सुरक्षा परिषद् गठन गर्ने सरकारको तयारी

मङ्गलबार, ०५ चैत २०७५, १२ : १८
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं–सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका हुन् । 

 मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सडकलाई सुरक्षित बनाउन सोसम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको बताए । 
मन्त्री महासेठले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई पनि सचेत गराए । 

मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप