शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

मङ्गलबार, ०५ चैत २०७५, १२ : ५२
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं-निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । 

फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो ।

नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ ।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने बुध्द एयरले जनाएकाे छ । थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ । 
 
बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ । भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप