शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१०३ किलो गाँजा र बोलेरोसहित चालक पक्राउ

मङ्गलबार, ०५ चैत २०७५, १३ : २८
मङ्गलबार, ०५ चैत २०७५

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरलाई एकपछि अर्को सफलता मिल्दै गएको छ । एकदिन अगाडी मात्र १८४ केजी गाँजा बरामद भएकोमा आज फेरि १०३ केजी गाँजा बरामद भएको छ । 

३ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झा नेतृत्वमा खटिएको टोलीले मकवानपुर जिल्ला राक्सिराङ्ग गाउपालिका –५ बिर्खे खोलामा मनहरीतर्फ आउँदै गरेको ग१ज ७२१९ नम्बरको बोलेरो जिपमा उक्त गाँजा भेटिएको हो । 

बिशेष सूचनाको आधारमा सो बोलेरो जिपलाई चेकजाँच गर्दा मकवानपुर जिल्ला  राक्सिराङ्ग गाउपालिका–९ बस्ने २४ बर्षको पूर्णबहादुर थिङ्गले बोलेरोमा ५ वटा बोराभित्र चारपाटे आकारमा १३ वटा पोका बनाइ ल्याइरहेको अवस्थामा उक्त १०३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । 

उक्त गाँजा, मानिस र बोलेरो गाडी समेत पक्राउ गरि आवश्यक अनुसन्धान र कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहले बताए । 

निज पूर्ण बहादुरको कसुर प्रमाणित भएमा लागुऔषध ऐन २०३३ बमोजिम २ देखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानका साथै सवारी साधन जफत हुने प्रमुख सिंहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप