शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षिकाले आफ्ना एक वर्षे छोराको यौनहिंसा गरेको भिडियो खिचिन्, पूर्वप्रेमीलाई पठाइन्

मङ्गलबार, ०५ चैत २०७५, १३ : ४०
मङ्गलबार, ०५ चैत २०७५

अमेरिकाको प्राथमिक विद्यालयकी शिक्षिकाले आफ्नै सन्तानको यौनहिंसा गरेर भिडियो खिचेको र त्यसलाई तत्कालीन प्रेमीलाई पठाएको आरोप लागेको छ ।

औद्रा म्याबेल, ३४, मिचिगनकी किन्डरगार्टेनकी शिक्षिका हुन् । उनले जस्टिन रिचीलाई यौनजन्य भिडियो पठाएको आरोप लागेको हो ।

जस्टिनको कम्प्युटरमा उनको अस्लिल भिडियो देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

अमेरिकाको फ्लोरिडाको जिल्ला अदालतमा मुद्दाअनुसार रिचीले आफ्नी छोरीलाई यौन हिंसा गरेको आरोप लागेपछि उनको ल्यापटप खोसिएको थियो ।

म्याबेलले रिचीलाई ११ वटा भिडियो पठाएको आरोप लागेको छ । तीमध्ये एकमा उनले आफ्ना एक वर्षे छोरालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेकी छिन् ।

अर्को भिडियोमा म्याबेलले आफूलाई क्यामराको अगाडि एक्सपोज गर्छिन् र ब्याक क्यामरामा विद्यार्थीले खचाखच भरिएको कक्षाकोठा देखाउँछिन्, डेट्रोइट फ्रि प्रेसले बतायो ।

स्रोतका अनुसार दुईले यौन आनन्द प्राप्त गर्नका लागि आफ्ना यस्ता भिडियो आदनप्रदान गर्ने गरेका थिए ।

म्याबेलले सन् २०१६ को नोभेम्बरदेखि सन् २०१७ जुनसम्म लेयन्स स्कूलमा पढाइन् । त्यसपछि उनी फ्लोरिडास्थित आफ्नो घर फर्किइन् ।

रिची र म्याबेल दुबै प्रहरी हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप