बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोजाम्बिकमा भीषण सामुद्रीक आँधी, १ हजारभन्दा बढीको मृत्यु भएको आशंका

मङ्गलबार, ०५ चैत २०७५, १४ : ५१
मङ्गलबार, ०५ चैत २०७५

मोजाम्बिक– मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । 

जिम्बाब्वेको छिमेकमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिएका छन् ।

आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बियाली राष्ट्रपति फिलिपे नुसीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा जनाएका छन् ।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधी र त्यसपछि बन्दरगाह सहर बेयरामा आएको बाढीको कारण कैयौँ किलोमिटर सडक र घरहरु नै बगाएको छ । 
गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पुर्याउन थालेको थियो तर उद्वारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् । 

इडाइ नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । बेयराको निरीक्षणमा जानु भएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको बताएका छन्। 

राष्ट्रपतिले गरेको हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताएका छन् । 

करिब पाँच लाख मानिस बसोवास गर्ने बेयरामा आँधीकै कारण ९० प्रतिशत घरहरू ध्वस्त भएको देखिएको छ ।  विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपुर्याएको कुनै एउटा घर पनि भेट्न नसकेको बीबीसीलाई बताउनुभएको बताइएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप